नागढुङ्गा–मुग्लिनको वैकल्पिक मार्ग ४० अर्ब रुपियाँ लागतमा बन्ने

Advertisement

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडकको वैकल्पिक मार्ग बन्ने भएको छ । विभिन्न कारणले सडक यातायातमा आम सर्वसाधारणले खेप्दै आएको समस्यालाई मध्यनजर गर्दै सरकारले करिब ४० अर्ब रुपियाँको लागतमा वैकल्पिक सडक बनाउन लागेको हो ।

सडक विभागका अनुसार हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक दुईलेनमात्र फराकिलो छ । साँघुरो सडक र घुम्तिका कारण सवारी दुर्घटना, जामलगायतको समस्या न्युनिकण गर्न यो सडकलाई पनि चार लेनमा विस्तार गरिने विभाले जनाएको छ ।

आगामी पाँच वर्षमा करिब ३० प्रतिशतसम्म सवारीसाधनको चाप बढ्ने र यही बाटो प्रयोग गर्ने भएकोले विभागले यो बाटोको स्तरोन्नती र विकल्पको तयारी गरेको हो ।

सरकारले उक्त वैकल्पिक मार्ग निर्माण गर्न विश्व बैंकसँग ऋण लिने भएको छ । सरकारले औपचारिक तवरबाट ऋणको सहमति गरेपछि निर्माणले गति लिने जनाइएको छ ।

विभागका अनुसार नेपाल सरकारले जापान सरकारसँगको ऋण सहयोगमा नागढुङ्गा सुरुङमार्ग निर्माण गर्न लागेको छ । यो सुरुङमार्ग थानकोटको दहचोकबाट धादिङको सिस्नेखोला निस्कने विभागले जनाएको छ । यही आयेजनाका लागि सिस्नेदेखि फिस्लिङसम्मको २६ किमि सडक विस्तारको योजना अघि सारिएको छ ।

हाल सञ्चालनमा रहेको मुग्लिन–नागढुङ्गा सडकको मुख्य विकल्प नै त्रिशुलि खोला पारिबाट सडक निर्माण गर्ने रहेकोले मुग्लिनदेखि त्रिशुलि पारीको बाटो हुँदै धार्केमा दुवै सडक जोडिने छन् । त्यस्तै धार्केबाट सीतापाईलासम्मको पनि वैकल्पिक ट्र्याक खोलिसकिएको र उक्त ट्र्याकलाई विस्तार र आवश्यक सुधारगरी नागढुङ्गासम्मको उकालोमा हुने सवारीको चाप र त्यसबाट हुने जामको समाधान हुने विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement