सिटी एक्सप्रेसमार्फत अमेरिकामा बस्नेहरुले पैसा पठाउन सक्ने, सिगेसँग रेमिटान्स सम्झौता

Advertisement

काठमाडौं । अमेरिकाको १५ हजारभन्दा बढि एजेन्ट (आउटलेट) र विश्वमा १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनै पनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पठाउन सक्नेछन् ।

यससम्वन्धी सम्झौतापत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत १२ बर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना छ हजारभन्दा बढी नेपालका एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement