काठमाडौं । शंकर गु्रप अन्तर्गतको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री खड्कबहादुर खत्री, नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ तथा महासंघका पूर्व अध्यक्षहरूले संयुक्त रुपमा रिवन काटी मोटर ग्रेडरको सार्वजनिक गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा तथा ११ औं अधिवेशन काठमाडौको प्रज्ञा प्रतिष्ठानमा भइरहेको समारोहका मुख्य प्रायोजकमा रहेको कम्पनीले नेपाली बजारमा ल्याएको केश मोटर ग्रेडर वातावरण सुहाउँदो र कम तेल खपत गर्ने आकर्षक विषेशतायुक्त रहेको कम्पनीले जनाएको छ ।
मोटर ग्रेडर सार्वजनिक कार्यक्रम महासंघको साधारणसभामा सहभागी निमार्ण व्यवसायीको अर्कषणको केन्द्रविन्दुको रूपमा रहेको थियो । कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले केश मोटर ग्रेडरलाई अत्याधिक मन पाराएको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसन प्रा.लि.का बिजनेश हेड सञ्जिव देउजाले जानकारी दिए ।
विगत दश वर्षदेखि ‘विकासको सारथी’ भन्ने नारासहित हेभि इक्युपमेण्ट बिक्री वितरण गर्दै आएको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले देशभर १४ भन्दाबढि स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर, स्किड स्टिर लगायतको हेवी इक्युप्मेन्टको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्रीपछिका सम्पूर्ण सेवा र मर्मत सम्भार गर्दै आएको छ ।