कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द हुने, कहाँ कहाँ हुँदैछ लोडसेडिङ ?

Advertisement

काठमाडौं। सञ्चालित जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो (१४४ मेगावाट)को कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द हुने भएपछि विभिन्न स्थानमा लोडेिडिङ हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुनेछ। यो आयोजना बन्द हुँदा भरतपुर र भरतपुरबाट पश्चिमतर्फ लोडसेडिङ हुने प्रधिकरणले जानकारी गराएको छ ।

भरतपुर पश्चिममा १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति भइरहेका घरायसी तथा औद्योगिक क्षेत्रमा आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुने बताइएको छ । मर्मतको समयमा भरतपुर चितवन पश्चिमका १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति हुने सबै जसो ठाउँमा लोडसेडिङ हुनेछ।

Advertisement

Advertisement

Advertisement