दशैं तिहारका लागि सुजुकी बाइक र स्कुटरको विशेष छुट योजना, ४२०० वटा बिक्री गर्ने लक्ष्य

Advertisement

काठमाडौं । नेपालको लागि विशाल ग्रुपअन्तर्गत भीजी अटोमोवाइल प्रालिबाट बिक्रीवितरण हुँदै आएको जापनिज कम्पनीबाट उत्पादित सुजुकी मोटरसाइकल (बाइक) तथा स्कुटरको खरिदमा आठदेखि १० हजार रुपियाँसम्म छुट योजना ल्याएको छ ।

कम्पनीले दशैं र तिहारको उपलक्ष्यमा मोटरसाइकल खरिदमा आठ हजार र स्कुटरको खरिदमा १० हजार छुट दिने योजना ल्याएको हो । त्यसबाहेक बम्पर उपहारमा १० जना मोटरसाइकल र स्कुटर खरिदकर्तालाई गोलाप्रथाबाट विजयी गराई जापान जाने अवसर प्रदान गरिने जनाइएको छ ।

यो योजनाबाट सुजुकीका मोटरसाइकल र स्कुटरहरु धेरै बिक्री हुने आशा व्यक्त गर्दै भीजी अटोमोवाइलले योजना अवधिभर फाइनान्स क्यास र एक्सचेन्जमार्फत बिक्री गर्ने जनाएको छ । साथै कम्पनीले ग्राहकहरुलाई पाँच बर्षको वारेन्टी सुविधा पनि दिएको छ ।

नेपालभरि रहेका सुजुकीका शोरुमबाट यी मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने भन्दै योजना अवधिमा चार हजार दुईसयको संख्यामा मोटरसाइकल र स्कुटर बेच्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement