अब यो सरकारबाट सुशासनको आशा नगरे हुन्छः गगन थापा

Advertisement

पाल्पा । कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारबाट सुशासनको आशा नगरे पनि हुने बताएका छन् । प्रेस युनियन पाल्पाको कार्यक्रममा सोमबार बोल्दै थापाले केपी ओली नेतृत्वको सरकारबाट सुशासनको अपेक्षा गर्न सक्ने अवस्था सकिएकोे बताए ।

थापाले वर्तमान दुईतिहाइको सरकार जनताको प्रस्नसँग डराउन छाडेको र उसको हरेक निर्णयहरु अपारदर्शी हुन थालेको भन्दै सरकारसँग सुशासन दिने क्षमता नै नरहेको बताए ।

उनले भने, ‘प्रश्नहरुसँग सरकार डराउन छाडेको छ । जनताले के भन्छन् ? भन्नेसँग बेसरोकार राख्दै निर्णयहरु गरिन्छ भनेत्यो गम्भीर विषय हो । यो सरकारको नियत त खराव थियो नै, क्षमता पनि छैन ।’

प्रधानमन्त्री तथा मन्त्रीहरु धेरै बोल्ने तर काम केही पनि नगर्ने प्रवृतिका रहेको भन्दै थापाले सरकारसँग काम गर्ने कुनै योजना नै नरहेको आरोप लगाए । उनले यही सरकारकै कारण नेपाली जनताको ४÷५ वर्षको समय खेर जाने देखिएको बताए ।

नेता थापाले देश विकास गर्ने महश्वपूर्ण अवसरलाई सरकारले खेर फाल्ने काम गरिरहेको भन्दै भने, ‘सरकार रक्सी र चुरोट उद्योग चलाउछु भन्छ तर स्कुल तथा अस्पताल अरुलाई चलाउ भन्छ । यसरी के देश विकास हुन्छ ?’

Advertisement

Advertisement

Advertisement