एभरेष्ट बैंक र स्टार हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । एभरेष्ट बैंक र स्टार हस्पिटलबीच उपचारमा छुट दिने सम्बन्धि सम्भौता भएको छ । सम्झौतापत्रमा बैंकका जनरल मेनेजर राजिल जैन तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका डेविट तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेसन चार्ज, इन्डोस्कोपी तथा कोलेनोस्कोपी, यूएसजी, सीटी स्क्यान तथा मेडिसिनमा छुट पाउने भएका छन् ।

हाल बैंकको ग्राहकसंख्या नौ लाख ५० हजारभन्दा बढी रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालयहरु, सात वटा एक्स्टेन्सन काउन्टर तथा एक सय १३ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement