सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नारायणगढमा

Advertisement

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सोमबार उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कम्पनीले चालु आवमा मुलुकभर थप २० वटा शाखा सञ्चालनमा ल्याने योजनामा रहेको जनाएको छ । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको सेवा दिंदै आएको छ ।

कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपियाँ, जारी पूँजी एक अर्ब रुपियाँ र चुक्ता पूँजी ७० करोड रुपियाँ रहेको छ । त्यस्तै कम्पनीले आगामी आर्थिक बर्ष भित्र ३० करोड रुपियाँ बराबरको साधारण सेयर लागि जारी गरि चुक्ता एक अर्ब पुर्याउने लक्ष्य राखेको छ ।

Advertisement

Advertisement

Advertisement