नेपाल इन्स्योरेन्सको बार्षिकोत्सवमा कर्मचारीहरु पुरस्कृत

Advertisement

काठमाडौं । नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी ७२ वर्ष प्रवेश गरेको अवसरमा एक कार्यक्रम गरी आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

कम्पनीको वार्षिकोत्सवमा दीर्घ सेवा गर्ने तथा उत्कृष्ट सात जना कर्मचारीलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा २५ वर्ष सेवा गरेका दामोदार दवाडी, २० वर्ष सेवा गरेका प्रकाश बस्नेत, आमोद दुवे, समिर जोशी, उत्कृष्ट कर्मचारीमा कृष्ण पराजुली, नागेन्द्र साह र भीम घिमिरे छन् ।

Advertisement

Advertisement

Advertisement