मंगलबारबाट दशैं टिकट बुकिङ खुल्ने

Advertisement

काठमाडौं। दशैंका लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारबाट शुरु हुने भएको छ । सोमबार बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले असोज ९ गते मंगलबारदेखि बुकिङ खोल्ने निर्णय गरेको हो।

यसअघि असोज ५ गते नै बुकिङ खोल्ने सहमति भए पनि सरकारले पेट्रोलियमम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बुकिङ खोल्न व्यवसायीले मानेका थिएनन् ।

व्यवसायीले टिकटको बुकिङ खोल्न नमानेपछि सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो। सवारी साधनको भाडा १० प्रतिशत बढ्ने भएसँगै सोमबार बैठक बसेर व्यवसायीहरुले टिकट खोल्ने निर्णय गरेका हुन्।

महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवस्था विभागले भाडा समायोजनको पत्र पठाएकाले टिकट बुकिङ खोल्ने निर्णय गरेको जानकारी दिए। विभागबाट भाडा समायोजनको औपचारिक पत्र आएकाले, भोलीबाट टिकट खुल्ने उनले बताए।

Advertisement

Advertisement

Advertisement