हाम्रो विकास बैंकलाई गाभेर ज्योति सबैभन्दा ठूलो विकास बैंक बन्दै

Advertisement

काठमाण्डौ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई गाभ्ने निर्णय गरेसँगै चुक्तापुँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक बन्ने भएको छ । ज्योतिले हाम्रो विकास बैंकलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभ्ने निर्णय गरेको हो ।

हालै गरिएको डिडिएले हाम्रोलाई बराबरी हैसियतमा गाभ्न सकिने तथ्य प्रस्तुत गरेपछि सोही अनुसार ज्योति अगाडि बढेको हो ।

ज्योतिमा बराबरी हैसियतमा गाभिन लागेको हाम्रो विकास बैंकको चुक्तापूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । गाभिएपछि ज्योति विकास बैंकको चुक्तापूँजी ३ अर्ब ८ करोड पुग्नेछ ।

एक्वीजिसनको प्रक्रियालाई निश्कर्षमा पुर्याउन ज्योतिले आगामी असोज २९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले हाम्रो विकास बैंकलाई अक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, साधारणसभामा हाल कायम संस्थापक सेयरधनीको सेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने उद्देश्यले २४ लाख ५० हजार ९ सय ६० कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव समेत पेश हुँदैछ । हाल बैंकमा संस्थापक समूहको हिस्सा ६०.४५ प्रतिशत रहेको छ ।

यसैगरी साधारणसभामा आर्थिक वर्ष २०७४।७५ को नाफाबाट सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत प्रस्तुत हुनेछ ।

Advertisement

Advertisement

Advertisement