फर्निचर एक्स्पो सम्पन्न, ७५ हजारभन्दा बढिले अवलोकन गरेको आयोजकको भनाई

Advertisement

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) ७५ हजारभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । सोमबार एक्स्पो सकिएको हो । एक्स्पो अवधिमा भएको व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले आफूहरु उत्साहित भएको संघको भनाई छ ।

दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भिड लागेको भन्दै संघले एक्स्पोमा उल्लेख्य मात्रामा सामान बुकिङ भएको जनाएको छ । संघका अध्यक्ष राजेशकाजी अग्रवालले भने, ‘व्यापारका हिसावमा ठूलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरुमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको छ ।’

स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागी एक्स्पोमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री वितरणका र बुकिङ भएका थिए । एक्स्पोका संयोजक सुभेन्द्र जोशीले विगत वर्षको तुलनामा व्यापार तथा अवलोकनकर्ता निकै बढेको भन्दै सेवाग्राहीले फर्निचरजन्य उत्पादनलाई अनिवार्य साधनको रुपमा लिन थालेको बताए ।

होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री अवलोकनकर्ताको आकर्षण बनेका थिए । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement