सार्वजनिकस्थलमै प्रहरीले काट्न थाले महिलाहरुको कपडा

Advertisement

एजेन्सी । पहिरनले मानिसको व्यक्तित्व झल्किन्छ । विशेषगरी दक्षिण एसियामा अझ मुस्लिम महिलाले त निकै लामा पहिरन लगाउँछन् । लामो पहिरन लगाउन भनिन्छ पनि । मुस्लिम महिलालाई लामो र पुरै शरीर ढाक्ने पहिरन लगाउन अनिवार्य गरिएको छ । अहिले पनि मुस्लिम महिला बुर्का लगाउँछन् । आफ्नो धर्ममा प्रचलित यो नियमलाई पालन गर्नु आज पनि मुस्लिम समुदायमा राम्रो मानिन्छ । तर यस्तो एउटा देश छ जहाँ महिलाले लामो कपडा लगाए सरकारले नै काटी दिन्छ वा छोटो बनाइदिन्छ ।

चीनको शिन्कियाड. प्रान्तमा बस्ने बहुसंख्यक मुस्लिम समुदाय उइगुर मुसलमान माथि त्यहाको सरकारले महिलाहरुलाई लामो कपडा लगाउन रोक लगाएको छ । यदि यो नियम विपरित कुनै महिलाले लामो कपडा लगाएको पाइए त्यसलाई तत्काल काटेर छोटो बनाइने छ ।
मुस्लिम महिलाको लामो पोशाक र बुर्काले उनीहरुलाई काम गर्न र हिडढुल गर्न असअज भएकाले आधुनिक समयमा धर्मका नाममा दैनिक असहज हुने लुगा नलगाउन् भन्ने उद्देश्यले यो कदम चालेको सरकारको दाबी छ । 'डकुमेटिक अपरेशन एगनेष्ट मुस्लिम संगठन'का अनुसार उनीहरुलाई लाग्छ उइगुर मुस्लिम महिलाहरुको पोशाक धेरै लामो भएकोर बध्यताले यस्तो नियम लमगु गरेका हुन् ।

शिन्कियाड. प्रान्तमा बस्ने मुस्लिम समुदायका उइगुर मुसलमानमाथि पछिल्लो समय नयाँ नयाँ प्रतिबन्ध लगाउदै आएको छ । पहिला त्यहाँका बच्चाहरुलाई धार्मिक कार्यक्रममा भाग लिन रोक लगायो ,त्यसपछि पुरुषलाई लामो दाह्री पाल्न र सार्वजनिक स्थानमा महिलालाई बुर्का लगाउन रोक लगाएको छ ।

Advertisement

Advertisement

Advertisement