अर्थमन्त्रीले सेयरको समेत बीमा गर्नुपर्छ भनेको दिन सेयर बजारमा उछाल

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सेयरको समेत बीमा गर्नुपर्ने तर्क अघि सारेकै दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार परिसुचक नेप्से २२ दशमलव ५० अंकले बढेको छ भने एक अर्ब रुपियाँभन्दा बढिको कारोबार भएको छ ।

बीमा सम्वन्धी सम्मेलनमा अर्थमन्त्री खतिवडाले सेयर बजारमा जोखिम रहेको भन्दै त्यसको समेत बीमा गर्न थाल्न सल्लाह दिएका थिए । अन्यबाहेक सबै समूहमा आज राम्रो कारोबार भएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूह दुई दशमलव ६७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह पनि साढे दुई प्रतिशतले बढेको छ ।

एक अर्ब सात करोड रुपियाँको सेयर किनबेच हुँदा सबैभन्दा बढि प्रभु बैंकको आठ करोड ५५ लाख रुपियाँ रहेको छ । आज कुल १७३ वटा कम्पनीको सेयर किनबेच भएकोमा ३३ वटा कम्पनीका लगानीकर्ताले घाटा खाए पनि बाँकीले नाफा गरेका छन् ।सबैभन्दा धेरै नाफा गर्नेमा भार्गव विकास बैंक छ भने घाटा खानेमा अगाडि गुराँस फाइनास छ ।

Advertisement

Advertisement

Advertisement