प्रदेश ७ को नाम विकास क्षेत्र हुँदा कै जस्तो ‘सुदूरपश्चिम’ राख्ने तयारी

Advertisement

काठमाडौं । प्रदेशको नाम यसअघि कै विकास क्षेत्र हुँदाको जस्तो ‘सुदूरपश्चिम राख्ने तयारी गरिएको छ भने कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरिएको छ ।

प्रदेशको नाम र राजधानी तोक्नेबारे सुझाव दिन गठित संसदीय समितिले आफ्नो प्रतिवेदन बुझाउँदै प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीलाई बनाउन सिफारिससहितको प्रतिवेदन संसदलाई बुझाएको हो ।

संसदले गत साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा समिति बनाएको थियो । प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथचन्द, सेती महाकाली आदि राख्न आवाज उठ्दै आएको थियो । तर समितिले भने पाँच विकास क्षेत्रको संरचना अनुसारकै प्रदेश ७ लाई सुदूरपश्चिम नाम राख्न सुझाव दिएको हो ।

Advertisement

Advertisement

Advertisement