आगामी बिहीबारदेखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदै

Advertisement

काठमाडौं । यही ११ गते बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स ‘दशैंको बेला सस्तो मेला’ आयोजना हुने भएको छ । मेलाको आयोजक इभेन्ट सोलुसनले दैंको बेला सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यकासाथ प्रदर्शनी गर्न लागिएको जनाएको छ ।

एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने आफुहरुको मुख्य उद्देश्य रहेको मेला आयोजक ले जनाएको छ । मेलाको प्रवद्र्धक नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनीको सबै तयारी सकिइसकेको जनाएको छ ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिंदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । पाँच दिनसम्म चल्ने यस स्टक क्लियरेन्स एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामानहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

मेलामा काठमाडौं, मक्तपुर, ललितपुर र आसपासका क्षेत्रबाट उपभोक्ताहरु अवलोकन र सामान किन्न आउने साथै बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास रहेको इभण्ट सोलुसनले जनाएको छ ।

उपभोक्ताहरुलाई सस्तो मूल्यमा दशैंको सपिङ गराउने उद्देश्यले आयोजना हुन लागेको उक्त स्टक क्लियरेन्स मेला यही असोज ११ गतेदेखि १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement