हिमस्टारको हातखाली नजाने ‘खुक्र्यो कि फुक्र्यो’ योजना सार्वजनिक

Advertisement

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर ‘खुक्र्यो कि फुक्र्यो’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नजिकिदै गरेको नेपालीहरुको महानपर्वहरु बडा दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको हो ।

‘स्क्रयाच गरी, उपहार जीति, दङ्ग परि’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ । यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।

हिमस्टारले नेपाली बजारमा होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement