डालिया बुटिक होटललाई ‘लिडिङ फ्यामिलि होटेल अवार्ड’

Advertisement

काठमाडौं । डालिया बुटिक होटलले लगातार दोस्रो पटक लिडिङ फ्याम्ली होटेल अवार्ड प्राप्त गरेको छ । साउथ एसियन ट्राभल अवार्डले कम्पनीलाई सन् २०१८ का लागि पनि उक्त अवार्ड प्रदान गरेको हो ।

सेप्टेम्बर १४ देखि १५ सम्म भारतको मुम्बईस्थित ताज महल प्लालेसमा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरियो । कम्पनीले सन् २०१७ मा पनि सोही शिर्षकमा अवार्ड प्राप्त गरेको थियो ।

पोखराको बैदामस्थित बुटिक होटेलले विगत तीन वर्षदेखि आतिथ्य सेवा प्रदान गर्दै आएको छ । कम्पनीकी एक्जुकेटिभ मार्केटिङ एण्ड सेल्स प्रज्ञा खनालले अवार्ड ग्रहण गरेकी छन् ।

स्थापनाको छोटो समयमै पाहुनाको मन जित्न सफल भएकाले कम्पनीलाई यो सम्मान प्राप्त भएको उनले बताइन् । होटेलले सन् २०१७ माा विश्वचर्चित ट्राभल साइट ट्रिपएडभाइजरबाट प्राप्त गरिने ट्राभलर्स च्वाइस अवार्डसमेत प्राप्त गरेको थियो ।

Advertisement

Advertisement

Advertisement