बैंक अफ काठमाण्डूद्वारा दशैं तिहारको विशेष छुट योजना

Advertisement

काठमाडौ । ग्राहकलाई थप सुविधा दिने उद्देश्यले बैंक अफ काठमाण्डूले यसपालिको दशैं तथा तिहारको शुभ अवसर पारेर आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुट दिने भएको छ ।

बैंकले दिने यस छुट अन्तर्गत ग्राहकहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापत  ७.५ प्रतिशत, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५प्रतिशत,  फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। उक्त  सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको छ।

Advertisement

Advertisement

Advertisement