जनता बैंकद्वारा बेशीसहरको एक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

Advertisement

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न  कार्यहरु गर्दै आइरहेको जनता बैंकले हालै एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले लमजुङको बेशीसहर नगरपालिका १ रामचोकबेशीमा अवस्थित श्री बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको हो  ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको संचालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे । बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement