असोज २१ बाट सर्वसाधारणको हातमा नयाँ नोट, एक जनाले २७ हजारसम्म साट्न पाउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असोज १२ गतेदेखि आगामी दशैंको लागि नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले यस पटक ६३ अर्ब रुपियाँ बराबरको नयाँ नोटहरु बजारमा पठाउन लागेको हो ।

राष्ट्र बैंकले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई नयाँ नोटहरु पठाउने तयारी गरेको छ । सर्वसाधारणहरुले भने असोज २१ गतेदेखि २९ गतेसम्म नोट साट्न पाउने छन् ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाहरुबाट नयाँ नोट साट्न सकिने बताए ।

सर्वसाधारणहरुले थापाथली बैंकिङ कार्यालय र उपत्यका बाहिर रहेका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न सक्ने छन् । त्यस्तै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १७ वटा शाखा कार्यालयहरुबाट समेत नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

जस अनुसार राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजाको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, टेकु, विशाल बजार, सानोठिमी र नक्साल शाखाबाट नेपाल बैंकका न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, भक्तपुर कार्यालय र कृषि विकास बैंकका रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर, मंगलबजारलगायत शाखाबाट नयाँ नोट साट्न सकिने छ ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २७ हजार रुपियाँको मात्र नयाँ नोट साट्न पाउने छ ।

Advertisement

Advertisement

Advertisement