बालिका श्रीयाको हत्यामा संलग्नलाई प्रहरीले गर्यो सार्वजनिक

Advertisement

पोखरा । पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विक हत्याका अभियुक्तलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । श्रीयाको हत्या भएको भालिपल्ट दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन भइरहेको बेला प्रहरीले हत्यामा संलग्न भनिएका २७ बर्षीय कुसुम पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ ।

श्रीयाका छिमेकी पौडेलले नशाको सुरुमा श्रीयालाई बलात्कारको प्रयास गरेको र अन्तिममा हत्या गरेको प्रहरीको भनाई छ । पौडेललाई आजै बिहान घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेको थियो । आन्दोलन थप चर्किने देखिएपछि प्रहरीले आजै अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीले बताए अनुसार साँझ पौडेल मदिराले मातेर घर फर्कँदै गर्दा श्रीयालाई बाटैमा भेटेपछि ५ रुपियाँ दिएर बलात्कार प्रयास गरेको श्रीयाले प्रतिकार गरेपछि १० रुपियाँ दिएर फेरि बलात्कार प्रयास गरेको, तर बालिका चिच्याएपछि उनलाई नजिकैको झाडीमा फालिदिएका थिए ।झाडिमा फालेपछि बेहोस भएकी श्रीयालाई मृत्यु भएको आशंकामा पौडेलले ढुंगाले थिचेर हिंडेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement