नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई  एनबिआइले ताालिम दिने सम्झौता

Advertisement

काठमाडौं। नेपाल बङ्गलादेश बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट ( एनबिआई) लि. बीच   तालिम कार्यक्रम संचालन गर्ने  सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रशाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

 

Advertisement

Advertisement

Advertisement