पर्वतको ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

Advertisement

काठमाडौं । मेगा बैंकले पर्वतको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।

कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे ।

वडा अध्यक्ष लामिछानले पर्वत जिल्लामै रहेर पनि सुलभ बैकिङ सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ सेवाले सहज बनाउने बिश्वास व्यक्त गरे ।

मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जानकारी दिए । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपियाँसम्म शाखारहित बैंकिङ सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनले बताए ।

Advertisement

Advertisement

Advertisement