राधे राधेमा सिजी इलोक्ट्रोनिक्सको नयाँ शोरुम सञ्चालन, निर्वाणा चौधरीले गरे उद्घाटन

Advertisement

भक्तपुर । चौधरी ग्रुप अन्तरगतको सिजी इलोक्ट्रोनिक्सले शुक्रबारबाट भक्तपुरको राधे राधेमा आफ्नो  नयाँ  शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन सिजीका निर्देशक निर्वाणा चौधरीले गरेका हुन् ।

अबको एक वर्षभित्र यस राधे राधेक्षेत्रमा ठूला–ठूला सुपरमार्केट बन्ने भएको कारणले आफुहरुले शोरुम सञ्चालनमा ल्याएको उनले बताए । सिजीले काठमाडौं उपत्यका बाहिर छिट्टै अर्को शोरुम खोल्ने योजनामा रहेको पनि उनले जानकारी दिए । उक्त नायाँ शोरुममा सिजीका आफ्ना ब्राण्डमात्र नभई अन्य ब्राण्डहरुसमेत राखिने उनले बताए । हाल चौधरि ग्रुपका प्रोडक्टहरुले नेपालको ४० प्रतिशतमन्दा बढी बजार हिस्सा लिन सफल भएको निर्देशक चौधरीले दाबी गरे ।

सिजीको शोरुममा आफ्नोमात्र नभइ अरु दोस्रो तेस्रो ब्राण्डहरु पनि आएर व्यापार गर्न सक्ने उनको भनाई थियो । नजिकिइसकेको पर्व दशैंलाई लक्षित गर्दै सिजीले आफ्ना उत्पवादनमा विषेश अफरका साथै हरेक इलेक्ट्रोनिक्स सामानको खरिदमा ३० प्रतिशतसम्मको छुटकासाथै विभिन्न गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement