आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन ४३.२ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा सरकारको कुल राजस्व सङ्कलन ४३.२ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५८ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११.५ प्रतिशतले वृद्धि भई रु. ४५ अर्ब ७९ करोड पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७।७६ को पहिलो महिनाको तथ्याङ्कमा आधारित भएर शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार खर्चको तुलनामा राजश्व संकलन बढि हुँदा सरकारको बजेटको बचतमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७५।७६ को पहिलो महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ५७ अर्ब ५४ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २८ अर्ब ५२ करोड रहेको थियो ।

सरकारी खर्च समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.१० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १८ अर्ब ५७ करोड रहेको थियो । समीक्षा अवधिमा चालू खर्च रु.१० अर्ब ७ करोड पुगेकोे छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१८ अर्ब ४६ करोड रहेको थियो । समीक्षा अवधिमा रु.५७ करोड पूँजीगत खर्च भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. १२ करोड भएको थियो ।

यसैगरि २०७६ साउन मसान्तमा सरकारी ढुकुटीमा रु. १७८ अर्ब १२ करोड नगद मौज्दात कायम रहेको छ ।

Advertisement

Advertisement

Advertisement