चालु खर्च ११ प्रतिशत हुँदा पुँजीगत जम्मा २ प्रतिशत

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा चालु खर्च ९६ अर्ब २५ करोड रुपियाँ हुँदा पुँजीगत खर्च पाँच अर्ब ८५ करोड रुपियाँ मात्रै खर्च भएको छ । जसअनुसार चालु खर्च कुल विनियोजन बजेटको ११ प्रतिशत हो भने पुँजीगत खर्च दुई प्रतिशत मात्रै हो ।

यद्यपि प्रतिशतका हिसावमा गत बर्षको भन्दा यो बर्ष राम्रो हो । गत बर्ष भदौसम्म पुँजीगत खर्च एक प्रतिशत मात्रै थियो भने पुँजीगत खर्च १५ प्रतिशत पुगिसकेको थियो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित समीक्षा बैठकमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement