नेपालका ५३ बुलेटलाई ग्याँस ढुवानी गर्नदिन भारत सहमत

Advertisement

काठमाडौैं । नेपाली ग्याँस बुलेटहरुलाई भारतबाट ग्याँस ढुवानी गर्न दिन भारत सरकार सहमत भएको छ । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्न पाउने गरि सहमति भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा उक्त सहमती भएको हो । नेपाल सरकारले ग्याँस ढुवानीमा भारतीय एकाधिरकार तोड्दै २०७३ असार मै नेपाली ग्याँस उद्योगलाई बुलेट संचालनका लागि अनुमति दिएपनि भारत सरकारले अनुमती नदिँदा नेपाली ग्याास हालसम्म संचालनमा आउन सकेको थिएनन् ।

शुक्रबार भएको वार्तामा निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको मन्त्री यादवले जानकारी दिए । नेपाल सरकारले नेपाली ग्याँस उद्योगलाई कुल ७ सय ७५ वटा बुलेट खरिदका लागि अनुमति दिएको थियो । सोही अनुरुप उद्योगीहरुले ६ सय ६५ वटा बुलेट खरिदका लागि लामो समयदेखि बुकिङ गरेका थिए । तर सो मध्ये भारतले तत्कालका लागि ५३ ओटा नेपाली बुलेट मात्रै सञ्चालन गर्न दिने सहमती गरेको छ ।

Advertisement

Advertisement

Advertisement