सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा आर्मी र एनआरटी बराबरी

Advertisement

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा त्रिभुवन आर्र्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । यससँगै दुबै टिमले १/१ अंक बाँडेका छन् ।

विगत चार वर्षदेखि आन्तरिक झमेलामा फसेको घरेलु फुटबल स्थगित हुँदै आएकोमा यस वर्ष भने शनिबारबाट खेल सुरु भएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटेमा भएको खेलको १२औं मिनेटमा रोजित पुडासैनीको गोलसँगै एनआरटीले अग्रता लिएका थियो ।

आर्मीले ३७औं मिनेटमा पाएको पेनाल्टीमो सदुपयोग गर्दै सन्तोष तामाङको गोलसँगै बराबरी गरेको थियो । त्यसैगरी दोस्रो हाफमा एनआरटीका राजेश परियारले अर्को गोल गर्दै पुनः टिमलाई अग्रता दिलाए ।

तर खेलको इन्ज्युरी सायमा पाएको फ्रिकिकलाई आर्र्मीका सन्तोषतामाङले गोलगर्न सफल भएपछि ए डिभिजन लिगको यस सिजनको पहिलो खेल बराबरीमा रोकिएको थियो ।

Advertisement

Advertisement

Advertisement