निलम्बित एसपी बिष्ट सहित तीन जनाको डीएन मेल खाएन

Advertisement

उल्टाखाम (कञ्चनपुर) । निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेर घटनाको ढाकछोप गर्न सक्रिय रहेकाे अाराेपमा विवादित बनेका तत्कालिन कंचनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट सहित तीन जनाकाे डीएनए परीक्षण रिपाेर्ट अाएकाे छ। प्रहरीका अनुसार तीनै जनाकाे डीएनए रिपाेर्ट निमर्लाकाे रिपाेर्टसँग मेल खाएकाे छैन।

बिष्टसँगै उनका छोरा किरन र अर्का युवक आयुष बिष्टको पनि डीएन परिक्षण गरिएकाे थियाे। तीनै जनाकाे डीएनए नमिलेकाे कंचनपुरका प्रहरी नायव उपरिक्षक कृष्ण ओझाले बताएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खोलिएको तीनै जनाको डीएनए रिपोट नमिलेको उनले बताए।

प्रहरीले भदौ ४ गते दोषी भनेर भिमदत्त पन्त नगरपालिका–१९ का ४१ बर्षीय दिलिप बिष्टलाई सार्वजनिक गरेकाे थियाे। स्थानीयले दिलिप निर्दोष रहेकाे भन्दै आन्दोलन चर्काएपछि दिलिपको डीएनए जाँच गरिएको थियो। दिलिपको डीएनए मेल नखाएपछि सुरुदेखि अनुसन्धानमा लापरवाही गरेको, प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी दोषि सावित गर्नखोजेको भन्दै निर्मलाका आफन्त र स्थानीले एसपी बिष्टकै डीएनए जाँच गर्नुपर्ने माग गरेका थिए।

भदौ २८ गते एसपी बिष्ट, उनका छोरा किरण र अर्का युवक आयुष बिष्टको डीएनए परिक्षण गर्न प्रहरीको बिधी बिज्ञान प्रयोगशाला पठाइएको थियो।

प्रहरीले हिरासतमा नलिई तीन जनाको अनुमतीमा रगत लिएर डीएनए परिक्षणको लागी पठाएको थियो। हिरासतमा नलिएकाले प्रहरीले स्थानीयको दावावका कारण डीएनए परिक्षणका लागि पठाइएको बिश्लेषण गरेका थिए। अहिलेसम्म ५ जनाको डीएन परिक्षण भइसकेकोमा कसैको पनि मेल खाएको छैन। यस अघि चक्र बडुको डिएन परिक्षण पनि गरिएको थियो।

स्थानीयले दिलिप बिष्ट निर्दोष भएको र दोषीलाई बचाउन उसलाई फसाउन लागेको भन्दै आन्दोलन चर्काउदा भदौ ७ र भदौ ८ गते महेन्द्र नगरमा गोली चलेको थियो। प्रहरीले चलाएको गोली लागेर १७ बर्षीय शनी खुनाको ज्यान गएको छ भने अर्जुन भण्डारा अझै अचेत अवस्थामा छन्।

साउन १० गते प्रहरी खोजीमा नजानु, बम दिदी बिहनीको घरबाट अनुसन्धान गर्न आनाकानी गर्नु, बम दिदी बिहिनीलाई केरकार नगर्नु, घटनास्थलमा देखिएका ३ वटा खुट्टाको छापको अनसन्धान नगरिनु, घटनास्थलमा नर्मलाको खुट्टामा रहेको बिर्य, राैं लगायतका प्रमाण रहेको शुरुवाल पखालिनु, शंकास्पद मानिएका कोहीलाई पनि अनुसन्धानको दायरामा नल्याइनु र छानी–छानी निर्दोषलाई यातना दिएर दोषी सावित गर्न खोज्नुले प्रहरीको भूमिका शंकास्पद रहेको स्थानीयको आरोप छ।

उच्च स्तरिय छानबिन समितिले पनि तत्कालिन एसपी बिष्टलाई निर्मलाको हत्यामा अनुसन्धानमा प्रमाण नष्ट र घटना ढाकछोप गरेको भन्दै दोषी देखाएको छ। बिष्टले दोषी बचाउन नै प्रमाण नष्ट र अनुसन्धान फितलो बनाएकाे उच्च स्तरिय छानबिन समितले गृह मन्त्रालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख गरिएको छानबिन समितीका एक सदस्यले बताएका छन्।

साउन १० गते साथी रोशनी बमको घरमा गएकी भिमदत्त नगरपालिका-२ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको साउन ११ गते उखुवारीमा पानीमा घोप्टो पारिएको अवस्थामा शव फेला परेको थियो। फिंगर प्रिन्ट, फुट प्रिन्ट, रा्ैं, रगत, अन्य कुनै प्रमाण पनि प्रहरीले संकलन गरेन। निर्मलाको शरिरमा भएको लुगा समेत जलाइएको छ। कुनै मान्छेको मृत्यु भएपछि उसले शरिरमा लगाएको लुगा जलाउने चलन नभएपनि निर्मलाका लुगा जलाउनुलाई पनि रहस्यमय मानिएको छ।

निर्मलाको भेजाइनल स्वावमा शुक्रकिटको अवशेष फेला परेर डिएनए प्रोफाइल बनेकाले यो मात्र एक प्रमाण रहेको छ। निर्मलाको भेजाइनल स्वावबाट भनेर डिएनएका लागी लिइएको सिम्बोलमाथीको बिश्वसनियतामाथी उच्च स्तरिय छानबिन समितीका सदस्य बिरेन्द्र केसीले नै प्रश्न उठाएका थिए।

‘डिएनए सिम्वोल काहाँबाट, कसरी लिइएको भन्ने हामीलाई थाहा छैन’, उनले राजीनामा दिने वेला भनेका थिए, ‘६ इन्च पानीमा १०/१२ घण्टासम्म घोप्टो पारेर राखिएको निर्मलाको शवको भेजिनामा पानी पसेर स्पर्म पखालिएर बाँकी रहने संभावना कम हुन्छ।’ बिशेषज्ञ चिकित्सकले पनि पानीमा घोप्टो पारेर राखिएको शवमा स्पर्म पखालिने र मृत्यु भएको २४ घण्टा भन्दा पछि पोष्टमार्टम गरेकोमा पनि शुक्रकिट नष्ट हुने बताएका छन्।

पोष्टमार्ट रिपोट अनुसार पोष्टमार्टम गरेको भन्दा २४ घण्टा पहिले उनको हत्या भएको उल्लेख छ। प्रहरीले नियतबस दोषीलाई बचाउन सबै प्रमाण नष्ट गरेको भए डीएनएको सिम्बोल संकलनमा पनि शंका गर्ने ठाउँ रहेको निर्मलामा मामा केशव भण्डारी बताउछन्।

अनुसन्धान जटिल निर्मलाको हत्या भएको २ महिना बितिसकेको छ। एकपछि अर्को श्रखृलाबद्ध ८ वटा छानबिन समिति बने। प्रहरीले अहिलेसम्म कुनै ठोस तथ्य फेला पार्न सकेको छैन। कञ्चनपुरका प्रहरी नायव उपरिक्षक कृष्ण ओझाले बिभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताएका छन्। अहिलेसम्म कुनै कुरा पत्ता नलागेको उनको भनाई छ।

न्याय माग्न काठमाडौं गएका निर्मलाकी आमा दुर्गादेवी र बाबु यज्ञराज प्रधानमन्त्रीले दोषी पक्राउ गरेर न्याय दिने प्रतिबद्धता पछि कञ्चनपुर फर्केका थिए।

निर्मलाका बाबु यज्ञराजले न्याय पाउने आशा टुटेको बताएका छन्। ‘शुरुदेखि नै प्रहरीको बिश्वास टुटेको छ,’ उनले भने, ‘अहिले पनि प्रहरीको अनुसन्धान खासै आश लाग्दो देखिएको छैन।’ आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement

Advertisement

Advertisement