सबैभन्दा महंगो कफी बिरालोको दिसाबाट बनाइन्छ

Advertisement

एजेन्सी । संसारको सबैभन्दा महंगो ‘कोपि लुवर्क’ लाई मानिन्छ । यो कफी 'एसियन पाम सिभेट' जातको जंगली बिरालोले बोटको पाकेको कफी खाएर दिसा गर्छ र तेसबाट नै सबैभन्दा महंगो कफी बनाउने गरिन्छ ।

पाम सिभेट बिरालोले पाकेको कफी बोटमै चडेर खाने गर्दछ तर पचाउन सक्दैन र दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा बिक्रि हुने गर्दछ । उक्त बिरालो एशियाली मुलुकमा मात्र पाइने भएकोले विश्वभर अति नै स्वादिलो मानिने ‘कोपि लुवर्क’ कफी भारत, इन्डोनेसिया, बंगलादेशलगायत देशबाट अरव मुलुक र युरोप निर्यात हुने गर्दछ ।

भारतीय सन्चारमाध्यम 'पिटिआइु'का अनुसार भारतको कर्नाटक राज्यमा यस कफीको दानालाई ३२ हजार देखि ४० हजार रुपैयाँ प्रति किलोमा विक्रि हुने गर्दछ । एशियामा ‘कोपि लुवर्क’ कफी पाइने भारत तेस्रो मुलुक हो । विशेषगरी यस कफिको मुख्य बजार अरव मुलुक र युरोपलाई मानिन्छ ।

सबैभन्दा महंगो मानिने यस कफीको उत्पादन, प्रशोधन र निर्यात भारतको ‘कूर्ग कन्सोलिडेटेड कमोडिटिज फार्म’ले गर्ने गर्दछ । जंगल नजिकै सयौं एसियन पाम सिभेट जातको जंगली बिरालो पालेको उक्त फार्मले ‘ऐन्मने’ ब्रान्डमा विदेशी बजारमा निर्यात गर्दै आएको छ । उक्त फार्मका संस्थापक नरेन्द्र हेब्बारले सिभेट जातका बिरालोले बोटमै गएर आँफै पाकेको कफीको दाना चेरी खाने र प्राकृतिक रुपमै बिरालोको पाचन प्रणालीमा रहेको एकप्रकारको ‘इन्जाइम’ले कफीको स्वाद परिवर्तन हुने बताए ।

'एनिमलपोष्टु'का अनुसार एसियन पाम सिभेट जातको जंगली बिरालोले एकप्रकारको सुगन्धित वासना निकाल्ने गर्दछ । विश्वमा यस जातको विरालोबाट सुगन्धित सेन्ट तथा अन्य उत्पादन हुने भएकोले चोरी निकासि बढेको उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement