शाखा विस्तारमा 'एग्रेशिभ' बन्दै मुक्तिनाथ विकास बैंक, एकैसाथ नयाँ चार शाखा सञ्चालन

Advertisement

मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार  गरि सबैतिर बैंकिङ्ग पहुँच बढाउने उद्देश्यले  एकैसाथ आफ्ना चार शाखा सञ्चालनमा  ल्याएको छ।  बैंकले सिराहा जिल्लाको लाहन, गोलबजार र मिर्चैया तथा सर्लाही जिल्लाको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ ।

लाहन शाखाको समुद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लाहनका अध्यक्ष सुनिलकुमार महतो, गोलबजार शाखाको समुद्घाटन गोलबजार नगरपालिकाका मेयर बेदनाथ शाह, मिर्चैया शाखाको समुद्घाटन मिर्चैया नगरपालिकाका मेयर सर्वण कुमार यादव, तथा लालबन्दी शाखाको समुद्घाटन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरे । शाखाकार्यालय समुद्घाटनका क्रममा प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा एटिएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगदफिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement