सानिमा बैंकको भिसा कार्ड अनलाईन पेमेन्ट सेवा सुरु

Advertisement

काठमाडौं – ग्राहकलाई विभिन्न खालका  सेवा सुविधा दिँदै आएको सानिमा बैंकले हालै नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सुरक्षित भिसा कार्ड अनलाईन पेमेन्ट सेवाको सुरुवात गरेको छ । यस सेवाबाट ग्राहकहरुले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाईन कारोवारहरु गर्न सक्ने बैंकले जनाएको छ।

यो सेवा लिइसकेपछि ग्राहकले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, सपिङ जस्ता सुविधा इन्टरनेटका माध्यमबाट लिन सक्नेछन्। साथै, ग्राहकले यही सेवा प्रयोग गरी यती एयरलायन्सको अनलाइन टिकट खरिद गरेबापत प्रतिशत क्यासब्याक पाउने बैंकले  छ ।

यो सेवाका लागि ग्राहकहरुले बैंकको वेवसाईट https://www.sanimabank.com/article-verifiedbyvisa मा गई भिसा कार्डका आवश्यक जानकारी उपलब्ध गराई सुचारु गर्न सक्नेछन ।

Advertisement

Advertisement

Advertisement