सेञ्चुरी बैंकले विश्व मुटु दिवस अवसरमा आयोजना गर्यो निःशुल्क स्वास्थ्य शिविर

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. विनयकुमार रौनियारलगायत टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा इसीजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगायत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement