सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख बिक्री सुरु गर्यो

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पुरा गरी आईतबारबाट बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ ।

वैदेशिक रोजगारीको लागी श्रम स्वीकृती लिई जाने कामदारहरुको लागी उमेर र बीमा अवधिको आधारमा एक मुष्ठ बीमा शुल्क लिई दश लाख रुपियाँ बराबरको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गरिने कम्पनीले जनाएको छ । जसमा बीमा गर्दा १५ वटा घातक रोगको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement