उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष ढकाललाई मातृशोक

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मातृशोक परेको छ । ढकालकी आमा रामरेखा ढकालको ८९ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।

चावहिलस्थित ओम हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो । स्वर्गीय रामरेखालाई सोमबार मात्रै पशुपति आर्यघाटमा दाहसंकार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । रामरेखाका पूर्व एआईजी नवराज ढकाल र उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य हेमराज ढकाललगायत चार छोरा र पाँच छोरी छन् ।

Advertisement

Advertisement

Advertisement