लालीगुराँस सहकारीले अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने, डेरी उद्योग पनि सञ्चालनको तयारी

Advertisement

काठमाडौं । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य सुविधा काउन्टरलाई अन्य जिल्लामा पनि विस्तार गर्ने जनाएको छ । हाल काठमाडौं र भक्तपुरमा समेत गरी तीन वटा यस्ता काउन्टर सञ्चालन गर्दै आएको संस्थाले अन्य जिल्लामा पनि विस्तार गर्न लागेको जनाएको हो ।

स्थापनाको २०औं बर्ष प्रवेश गरेको लालीगुराँस सहकारीका प्रमुख कायकारी निर्देशक भण्डारीले हाल तीन स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई वृद्धी गरी विभिन्न जिल्ला र राजधानीमा पुर्याउने तयारी भइरहेको बताए । संस्थाको चापागाँउ, चाबहिल र कौशलटारमा सदस्य सुविधा काउन्टर छन् ।

साथै, संस्थाले भविष्यमा डेरी उद्योग संचालन गर्ने तयारी गरेको छ । चितवनमा मुलुककै ठूलो गाई फार्म सञ्चालन गर्दै आएको यस संस्थाले सोही व्यवसायसँग जोड्ने गरी डेरी उद्योग सञ्चालन गर्न लागेको हो । भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षमा थप नयाँ योजना अघि बढाएको बताए ।

तीनसय भन्दा बढिलाई रोजगारी दिइरहेको यस संस्थाले लालीगुराँस राष्ट्रिय उच्च मावि (कलेज), लालीगुराँस हस्पिटल सञ्चालन गर्नुका साथै आफ्नै लगानीमा सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement