जनकपुर अस्पतालको सम्पूर्ण विवरण २४ घण्टा भित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

Advertisement

महेन्द्रनगर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन्।

अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न अस्पताल पुगेका मुख्यमन्त्री राउतले अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन दिएका हुन्।

मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको स्पष्ट पारे।

उनले विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गरे। मुख्यमन्त्री राउतले अस्पताललाई प्रदेशको केन्द्रीय अस्पताल मात्र नभर्इ शिक्षण अस्पतालकै रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको जिकिर गरे।

निरीक्षण टोलीमा सामाजिक मन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त मुख्य सचिव हरिप्रसाद फुँयालसहितको सहभागिता थियो।

Advertisement

Advertisement

Advertisement