बिस हजारभन्दा बढि अश्लिल साइटहरु बन्द, बाँकी पनि गरिने

Advertisement

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अहिलेसम्म बीस हजार पोर्न साइट बन्द गरिसकिएको र बाँकी रहेकाहरुलाई पनि क्रमसः गर्दै जाने जनाएको छ । सरकारको निर्देशनअनुसार दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यस्ता साइटहरु बन्द गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी पुरुषोत्तम खनालका अनुसार अनुसार इन्टरनेट सेवा प्रदायक (आइएसपी), नेटवर्क सेवा प्रदायक (एनएसपी) र भ्वाइस सेवा प्रदायक (भीओआइपी)लाई निर्देशन जारी गरेर अश्लिल वेबसाइट बन्द गराइएको हो।

नेपालबाट ३ देखि ४ लाखसम्म त्यस्ता साइटमा पहुँच हुने गरेको अनुमान गरिएकोमा प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर अश्लिल साइटको विवरण संकलन गर्दै क्रमशः बन्द गर्न आदेश दिएको छ ।

प्राधिकरणले अहिले कन्टेन्ट फिल्टर सामग्री खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । मुलुकमा बलात्कार एवं यौनजन्य हिंसाका घटना बृद्धि भएपछि सरकारले यस्ता साइटहरु नियन्त्रण गर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement