अनलाइन कारोबार सुरु हुन अझै एक महिना लाग्ने

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नोभेम्बरदेखि अनलाइन कारोबार प्रणालीमार्फत कारोबारका लागि तयार रहन निर्देशन दिएको छ । स्टक ब्रोकर एशोसियशनका नवनियुक्त पदाधिकारीहरुसँग सोमबार भएको छलफलमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीहरुले त्यस्तो निर्देशन दिएका हुन ।

एशोसियशनमा भरत रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि नेप्सेसँग अनलाइन कारोबार बारेमा कुराकानी भएको हो । अनलाइन प्रणालीको पूर्वतयारीका लागि अहिले नेप्सेले सरोकारवालाहरुलाई मक ट्रेनिङ सञ्चालन गरिरहेको छ ।

भेटमा स्टक ब्रोकरहरुले भने अहिले नै मक ट्रेनिङले पूर्णता नपाइसकेको अवस्थामा हतार गरेर अनलाइन प्रणाली सुरु गर्दा समस्या हुन नसक्ने भन्दै थप गृहकार्य गरेर मात्रै अनलाइन कारोबार सुरु गर्न आग्रह गरेको भेटमा सहभागीहरु बताएका छन् ।

नेप्सेले अनलाइन प्रणाली सञ्चालनमा ल्याउने भनेर धेरै पहिलेदेखि तयारी गरे पनि सञ्चालनमा ल्याउन सकेको छैन । अनलाइन कारोबार सुरु भएमा पुँजी बजारमा लगानी आकर्षित हुनुका साथै बजारको दायरा फराकिलो हुने, लगानीकर्ताले सहज ढंगले कारोबार गर्न पाउने, बजारमा हुने चलखेल पनि कम भएर जाने आशा लिइएको छ ।

Advertisement

Advertisement

Advertisement