माछापुच्छ्रे बैंकका कर्मचारीलाई एनबीआईले एक वर्षसम्म तालिम दिने

Advertisement

काठमाडौं । माछापच्छ्रे बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एबिआई)बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार एनबिआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका हुन् । हाल बंैकमा करिब नौ सय ९५ कर्मचारीहरु कार्यरत रहेका छन् ।

बैकले मुलुकभर ८६ वटा शाखाहरु, र्दुइ वटा एक्स्टेन्सन काउन्टरहरु, ९९ वटा एटीएमलगायत २९ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा एक सय १७ बैंकिङ इकाईहरुमार्फत अत्याधुनिक सुविधायुक्त बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement