ग्लोबल आइएमईका ग्राहकले अब चन्द्रागिरी केबुलकारमा २० प्रतिशत छुट पाउने

Advertisement

ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स बीच केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

यस बैंकले हालसम्म देशभर आफ्ना १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement