नेपाल धितोपत्र बोर्डको वेभसाइट अपग्रेड

Advertisement

काठमाडौं।  नेपाल धितोपत्र बोर्डले आफ्नो वेभसाइट अपग्रेड गरेको छ । बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर बुधबार अपग्रेड गरिएको वेभसाइट सार्वजनिक गरेको हो । बुधबार एक कार्यक्रमबिच धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उक्त वेवसाइट ( http://www.sebon.gov.np/nw/)  सार्वजनिक गरेका छन्  ।

सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन लगानीकर्ता सप्ताह मनाईरहेको बोर्डले लगानीकर्ता मैत्री वेवसाइट संचालनमा ल्याएको दाबी गरेको छ । आम सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न वेबसाइटलाई लगानीकर्तामैत्री बनाइएको बोर्डको दाबी छ ।

Advertisement

Advertisement

Advertisement