अख्तियारको फन्दामा परे विद्युत प्राधिकरणका कर्मचारी

Advertisement

काठमाडौं– नेपाल विद्युत प्राधिकरण महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको बुढानिलकण्ठ उपवितरण केन्द्रमा कार्यरत कर्मचारी घुससहित पक्राउ परेका छन् ।

उपवितरण केन्द्रमा कार्यरत ३ तहका इलेक्ट्रिसियन ५५ वर्षिय कृष्णप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको नगद २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । शर्माले सिंगल फेज मिटर जडान गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको खुल्न आएको उपवितरण केन्द्र प्रमुख जनार्दन पराजुलीले बताए ।

पराजुलीका अनुसार बुढानिलकण्डस्थित पार्क भिलेज होटल छेउमा घुस लिन गएका बेला शर्मा पक्राउ परेका हुन् । इलेक्ट्रिसियनका रुपमा सेवा सुरु गरेका शर्मा वृद्ध उमेरका कारण केही सयमदेखि कार्यालयको ‘नो लाइट’ शाखामा कार्यरत थिए । उनले मिटर जडानबारे बुझ्न कार्यालयमा आएका सेवाग्राहीसँग घुस मागेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement