तीन डिजिटको ‘लट नम्बर’ राख्ने कानुन नबन्दा वाग्मतीमा दुई पाँग्रे सवारीको दर्ता रोकियो

Advertisement

काठमाडौं । सरकारले तीन डिजिटको ‘लट नम्बर’मा सवारी दर्ता गर्ने कनुनी व्यवस्था गर्न ढिलाइ गर्दा बागमती अञ्चलमा नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको छ।

बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको लट नम्बर दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल र स्कुटरको मंगलबारदेखि दर्ता रोकिएको हो।

यातायात व्यवस्था विभागले बागमती अञ्चलका मोटरसाइकल र स्कुटरको लट नम्बर तीन डिजिटको बनाउन नियमावली संशोधन गरी मन्त्रिपरिषद्मा पठाएको भएता पनि मन्त्रिपरिषदले निर्णयमा ढिलाइ गर्दा यस्तो समस्या आएको विभागले जनाएको छ ।
‘विभागले पहिलो पटक भदौ १७ गते संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो। पछि केही कुरा थप्न निर्देशन भएबमोजिम केही दिनमानै मन्त्रिपरिषदमा पठाए पनि अहिलेसम्म नियमावली पारित भएन,’ विभाग प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘सायद छिटै मन्त्रिपरिषद्ले निर्णय गर्छ होला।’

असोज ६ गते संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै स्वदेश फर्कदै छन् । यस बिचमा मन्त्रिपरिषदको बैठक नबसेकाले निर्णयमा ढिलाई भएको बुझिएको छ ।

इम्बोस्ड नं प्लेट लागू भएको भए अहिले यस्तो कुनै समस्या पर्ने थिएन। तर इम्बोस्ड नं।प्लेटको सम्बन्धमा सर्वोच्चमा मुद्दा परेपछि चलनचल्तीमा रहेको नं।प्लेटमा रहेको अंक बढाउन नियमावली संशोधन गर्नुपरेको विभागले जनाएको छ।

‘नियमावली संशोधन भएपछि ‘बा १०० प’ बाट दर्ता सुरु हुने विभगले जानकारी गराएको छ । हालको सवारी तथा यातायात व्यवस्था नियमावली , २०५४ अनुसार साना सवारी को नम्बर प्लेटमा बढीमा आठ ओटा सम्मको अंक र अक्षर रहने व्यवस्था छ। जसमा तल र माथि दुई लाइनमा राख्र्नु पर्ने व्यवस्था छ

Advertisement

Advertisement

Advertisement