दशैंमा पाँच दिनभन्दा बढी बैंक बन्द नगरः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा पाँच दिन मात्र बैंकहरुलाई विदा गर्न निर्देशन दिएको छ । अघिल्ला वर्षहरुमा दशैंका बेला आठ दिनसम्म विदा हुने गरेको बैंकहरु यस वर्ष भने तीन दिनको विदा कटौती गरी पाँच दिनको मात्र गर्न लागिएको हो ।

यस अघिका दशैंमा भने घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक विदा हुने गरेको थियो । यस वर्ष भने ती तीन दिनका विदाहरु कटौती गरिएको छ । यस वर्षको दशैंमा भने असोज ३० गते(फुलपाती)देखि कात्तिक ३ गते (कादशी)सम्म जम्मा पाँच दिन सार्वजनिक विदा हुने भएको छ ।

त्यस्तै तिहारमा तीन दिन सार्वजनिक विदा हुने छ । नेपाल राष्ट्र बैंकले यस वर्ष बैंकिङ क्षेत्रहरुलाई ३६ दिन सार्वजनिक विदा निर्धारण गरेको थियो । राष्ट्र बैंकले पुरै दिन बिदालाई ‘क’ वर्गा र आधा दिन हुने बिदालाई ‘ख’ वर्गगरी दुई भागमा वर्गिकरण गरिएको छ ।

यद्यपी बैंकहरुले ग्राहकहरुको सुविधाका लागि विगतका वर्ष जस्तै यस वर्ष पनि ३६५ दिने बैंकिङ सेवा प्रदान गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement