चिनीको खुद्रा मूल्य ७० रुपियाँ, बढी लिनेलाई कारवाही हुने

Advertisement

काठमाडौं । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपियाँ तोकेको छ । उक्त मूल्यभन्दा बढि लिए कारबाही गर्ने सरकारले चेतावनी पनि दिएको छ ।

चाडपर्वको बेला कृतिम अभाव सिर्जना गर्ने, मूल्य बढाएर बेच्ने प्रवृत्ति रहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले मूल्य निर्धारण गरेको हो । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपियाँभन्दा नबढ्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय भएकोले निर्णय कार्यान्वयन भएनभएको हेर्न प्रभावकारी अनुगमन पनि गर्ने निर्णय भएको छ ।

सरकारले स्वदेशी उद्योगहरुलाई राहत पुग्नेगरी आयातमा परिमाणात्मक बन्देज लगाएपछि स्वदेशी उद्योगीहरु मूल्यमा लचक हुन तयार भएका हुन ।
सरकारले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement