प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलबीच सम्झौता

काठमाडौं।  प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटलबीच नगद रहित (क्यास्लेस) सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटलको तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।