स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Advertisement

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हिले, धनकुटाको आर्थिक तथा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

शाखा कार्यालयले स्थानीय नीलगिरी आवासिय मा.वि. हिले धनकुटाको प्राङ्गनमा शिविर संचालन गरको हो । शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, बाल रोग, मानसिक रोग, हाड जोर्नी तथा नसा रोग, नाक, कान, घाँटी साथै छाला रोग, दन्त परिक्षण, आँखा परिक्षण सम्बन्धी सेवा साथै रगत जाँच, ई.सि.जी., भिडियो एक्सरे सहितको ल्याब परिक्षण लगायतका सेवा उपलब्ध गराइएको छ ।

शिविरमा नोबेल अस्पताल विराटनगरका विशेषज्ञ डाक्टरहरुबाट ५९२ जनाले स्वास्थ्य परिक्षण गराई लाभ लिएका छन भने धनकुटा लगायत संखुवासभाको मुडे, सनिस्चरे र तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाका बासिन्दाले समेत स्वास्थ्य परिक्षण गराएका छन ।

Advertisement

Advertisement

Advertisement