असोज १९ गतेदेखि भृकुटीमण्डपमा प्लाष्टिक प्रदर्शनी हुँदै

Advertisement

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेसनले ‘प्लाष्ट नेपाल २०१८’ अन्तर्राष्ट्रिय प्लाष्टिक मेला आयोजना गर्ने भएको छ । प्लाष्टिक चिनौं भन्ने मुल नाराकासाथ यही असोज १९ गतेदेखि तीन दिनको लागि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।

नेपालमै निर्मित स्वदेशी उत्पादन र प्रविधि तथा कच्चा पदार्थको सम्बन्धमा उपभोक्ताहरुलाई जानकारी दिन मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा अन्तर्राष्ट्रिय बजारबाट करिब एक सय २५ प्रदर्शक तथा प्रतिनिधहरुको सहभागिता रहने तथा ५० प्रतिशतभन्दा बढी प्रदर्शकहरु भारतबाट आउने आयोजकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement